+
+

राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:१६

१५ जेठ, काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने भएको हो। हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणासमेत अर्थमन्त्रीले गरेका छन् ।

रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उनले उल्लेख गरे ।

सरकारले माध्यामिक स्तरभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?