Comments Add Comment

टी२० विश्वकपको निर्णय १० जुनपछि हुने

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अष्ट्रेलियामा हुने आईसीसी टी२० विश्वकपको बारेमा १० जुनपछि निर्णय गर्ने भएको छ । 

आईसीसी अध्यक्ष शशांक मनोहरको अध्यक्षतामा बिहीबार भिडियो कन्फ्रेन्समार्फत बसेको आईसीसीको बोर्ड बैठकले टी२० विश्वकप लगायत सबै छलफलका एजेन्डाहरु १० जुनसम्म सारेको आईसीसीले विज्ञप्तिमार्फत जनाएको छ । गोपनीयताको विषयलाई ध्यानमा राख्दै आईसीसीले अब सबै छलफल १० जुनमै गर्ने जनाएको छ ।

यस्तै आईसीसीको नयाँ अध्यक्षको निर्वाचनबारे पनि अब १० जुनमै निर्णय हुने भएको छ । यसअघि आईसीसीले टी२० विश्वकप र नयाँ अध्यक्षबारे निर्णय बिहीवार हुने जनाएको थियो ।

वर्तमान अध्यक्ष शशांक मनोहरको कार्यकाल यसै वर्ष सकिँदैछ र उनले आफ्नो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन् ।

यद्यपि आईसीसीले गोपनियता उल्लङ्घनबारे भने स्वतन्त्र प्यानल बनाएर अनुशन्धान सुरु गर्ने निर्णय गरेको छ ।
बोर्ड सदस्यहरुले पछिल्ला विषयलाई लिएर चिन्ता उठाएका थिए र उच्च मापदण्डअनुरुप बोर्डसँग सम्बन्धित मामिलाहरुको गोपनीयताको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

त्यसै अनुसार आईसीसी एथिकल अफिसरको नेतृत्वमा स्वतन्त्र अनुसन्धान तत्कालै सुरु गर्न सर्वसम्मत सहमति भएको छ । जहाँ एथिकल अफिसरलाई ग्लोबल एक्सपर्टहरुले सघाउनेछन् ।

यसबारे आईसीसीका सीईओले १० जुनमा बोर्डलाई अपडेटको जानकारी गराउनेछन् । यस्तै बोर्डले आईसीसी व्यवस्थापनलाई कोभिड१९ का कारण जनस्वास्थ्य परिवर्तन भइरहँदा विभिन्न आकस्मिक विकल्पहको पहिल्याउन सरोकारवालाहरुसँग छलफल जारी राख्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment