Comments Add Comment

सान्चोको ह्याट्रिकमा डर्टमण्डको शानदार जित

१९ जेठ काठमाडौं । जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा आइतवारपाडेर्वोन विरुद्ध शानदार जित हात पारेको छ । कोरोनाभाइरस यता फेरि शुरु भएको लिगमा पहिलो पटक सुरुवाती एघारमा खेलेका सान्चोले ह्याट्रिक गर्दा डर्टमण्डले ६-१ को जित हात पारेको हो ।

पाडेवोर्नको घरेलु मैदानमा बेन्टलेर एरेनाले पहिलो हाफमा गोरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा ७ गोल भएको थियो ।

थोर्गन हाजार्डले ५४औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो रोजाईँमा खेलेका सान्चोले ५७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे । पाडेर्वोर्नका हेउनेमेइरले ७२औ मिनेटमा पेनाल्टीमा गोल गर्दै गोलअन्तर कम पारेका थिए ।

तर दुई मिनेटपछि नै सान्चोले गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो । ८५औं मिनेट अच्रफ हाकिमीले डर्टमण्डका लागि चौथो गोल गरे । यस्तै मार्सेल स्मेलजरले ८९औं मिनेटमा गोल गरेपछि डर्टमण्डले ५-१ को अग्रता बनाए । इन्जुरी टाइममा गोल थप्दै सान्चोले आफ्नो ह्याट्रिक पूरा गरे भने डर्टमण्डको ६-१ को फराकिलो जित पक्का गरे ।

जितपछि २९ खेलबाट ६० अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमै यथावत छ भने लिग लिडर बायर्नसंग अंकदूरी ७ मा झारेको छ । समान खेलबाट ६७ अंकसहित बायर्न शीर्ष स्थानमा छ ।

यसैगरी मार्कुस थुरामको दुई गोल मद्दतमा बोरुसिया मोन्चेनग्लाडबाकले युनियन बर्लिनलाई ४-१ ले पराजित गरेको छ । जितपछि मोन्चेनग्लाडबाक २९ खेलबाट ५६ अंक जोड्द तेस्रो स्थानमा उक्लेको छ । बायर लेभरकुजनसमान अंक भएपनि मोन्चेनग्लाडबाक गोलअन्तरमा अगाडि रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment