+
+

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते ८:५६
फाइल तस्वीर

२० जेठ, काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?