+
+

चितवनमा हात्ती लगाएर झाडी फाँडेर घाँसे मैदान बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १४:४८

२० जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा मंगलबार झण्डै दुई दर्जन हात्ती नरकट झाडी फाँडिरहेका देखिन्थे ।

बाँस प्रजातिको अग्लो नरकटलाई केही फाँडेर भए पनि नयाँ घाँस उमार्ने योजना अनुरुप निकुञ्जले हात्ती परिचालन गरेको हो ।

हात्तीको सुँड र पैतलाले माडेर सफा गर्ने भन्दै दुई दिनदेखि सरकारी र निजी २५ हात्ती यहाँ खटिएका छन् । झण्डै पाँच हेक्टर क्षेत्रलाई यसरी नै सफा गर्ने योजना निकुञ्जको रहेको निकुञ्ज पूर्वी सेक्टर सौराहाका प्रमुख गोपाल घिमिरले बताए ।

‘यहाँ ल्याएर हात्ती लगाउँदा चर्ने पनि भए, फाँड्ने पनि भए, दुबै काम भयो’, सहायक संरक्षण अधिकृत घिमिरेले भने, ‘यसलाई ट्रायलका रुपमा कुल्चिएर घाँसे मैदान बनाउन खोजेका हौं ।’

अझै चारपाँच दिनसम्म यसरी नै नरकट फाँडिने घिमिरेले बताए । छिपछिपे पानी भएको ठाँउमा नरकट हुने गरेको छ ।

यस्तो ठाँउमा ट्याक्टर लगाएर काट्ने नमिल्ने भएकोले हात्तीको सहयोगमा फाँड्न लागिएको निकुञ्जले जनाएको छ । बाह्रै महिना हरियो हुने नरकट मानिस लगाएर काट्न पनि निकै गाह्रो हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?