+
+

कोरोना निको भएका बैतडीका युवक कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १५:१०

२१ जेठ, कैलाली । बैतडीका पहिलो कारोना संक्रमित युवक निको भएका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकै बेला शिवनाथ गाउँपालिका-२ का २२ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

जेठ ९ गते अस्पताल भर्ना भएका उनी बुधबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । मंगलबार र बुधबार गरिएकाे पीसीआर परीक्षणकाे रीर्पोट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।

वैशाख १३ गते शिवनाथ २ कै स्थानीय किशोरीको हत्या आरोपमा वैशाख १५ पक्राउ गरेको व्यक्तिलाई कोरोना संक्रमण भएको थियो । उनी चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए ।

कारागारमै रहदा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ती व्यक्तिलाई निको भएलगत्तै प्रहरीले पुर्पुक्षका लागि कारागार चलन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक किसन चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?