+
+

वर्षा र संजोगको माया

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १२:१८

नायिका वर्षा राउत विवादमा परेपछि नायक संजोग कोइरालाले एउटा भिडियो सार्वजनिक गरेका छन् । आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा संजोगले वर्षाले गलत बोलेको त बताए नै, साथमा वर्षाका लागि तथानाम गालीगलौज गर्नेहरूलाई पनि राम्रैसँग जवाफ दिए ।

डेढ वर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गरेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ । वर्षा र संजोगको प्रेम करिब ७ वर्षदेखि निरन्तर चलेको थियो ।

वर्षा सर्वाधिक विवादित बनिरहँदा नायक संजोग कोइरालाले उनलाई सम्हाले । हुनत यो समयमा वर्षालाई साथ दिने र भरोसा दिने उनका आफन्त, साथी र फ्यानहरू पनि थिए । तर संजोगको साथ उनका लागि अझै प्रिय थियो ।

यसैले घटनालाई बिस्तारै बिर्सिँदै मुस्कुराउन थालेकी वर्षा लेख्छिन्–‘एउटै सहारा, तिम्रो मायाको ।’ संजोगको हात समाउँदै मुस्कुराएकी वर्षाको तस्वीर र उनको भावनाले पनि के बुझिन्छ भने, जतिसुकै कठोर परिस्थितिमा पनि संजोगको साथले उनलाई हिम्मत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?