Comments Add Comment

भर्चुअल तेक्वान्दो च्याम्पियनसिपको निर्णायकमा नेपालका खड्का मनोनित

२३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड१९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् ।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको  छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन् ।

च्याम्पियनसिप युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा हुँदैछ ।

च्याम्पियनसिपका खेलहरु नेपाली समय अनुसार शुक्रबार राति १२ बजेदेखि सुरु हुँदैछ । ४ देखि ७ जुनसम्म चारदिने प्रतियोगिता ‘जुम’ प्रविधि मार्फत प्रत्यक्ष हुनेछ ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथालयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्षसमेत रहेका खड्काले जनाएका छन् ।

सहभागी खेलाडीले दर्ता शुल्कवापत एक सय अमेरिकी डलर बुझाउनुपर्नेछ । निर्णायकले पारिश्रमिक वापत पाउने रकम पनि अनाथालयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने छ । निर्णायकले प्रति दिन एक सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment