
२३ जेठ, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को निमित्त डीनको जिम्मेवारी प्रा डा. राजेन्द्र गुरागाईले पाएका छन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी प्राडा गुरागाईंलाई दिने निर्णय गरेको हो ।
प्रा. डा. गुरागाईं २०७५ भदौ २ गतेदेखि आईओएमको सहायक डीनको रुपमा कार्यरत थिए ।
आईओएमका डीन प्रा। डा। जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाएपछि विहीबारबाट आईओएम डीन विहीन थियो ।
त्रिवि कार्यकारीले बिहीबार नै बैठक नयाँ डीनको सिफारिस गर्न सर्च कमिटि गठन गर्ने बताइएको थियो । तर सर्च कमिटि गठन हुन नसकेको त्रिवि स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4