
२४ जेठ, बुटवल । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।
शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । उनीमाथि थप अनुसन्धान गरिने भुसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4