Comments Add Comment

मध्यरातमा ट्रेनिङ छाडेपछि चीनका ६ युवा खेलाडीलाई ६ महिना प्रतिबन्ध

२५ जेठ, काठमाडौं । महामारी नियन्त्रण नियमको उल्लंघन गरेको भन्दै चिनियाँ फुटबल संघ (सीएफए) ले शनिबार चीन यू १९ राष्ट्रिय टिमका ६ खेलाडीलाई ६ महिनाको लागि निलम्बन गरेको छ।

यू १९ टिमले मे १७ देखि जुन ६ सम्मका लागि सांघाईमा ३५ जना खेलाडीलाई बोलाएको थियो । जसमध्ये ६ खेलाडीहरु ताण किअग्लोन, लियु झुरुन, पेङ हाओ, रेन लिहाओ, हान दोङ र हे लोङ्घाईले अनुमति बिना टिमको ट्रेनिङ स्थल छाडेर मे ३० मध्यरातमा ड्रिङ्क गर्न बाहिर गएको सिन्ह्वाले जनाएको छ ।

‘यो टोलीको महामारी नियन्त्रण नियमको गम्भीर उल्लंघन हो र यसले सम्पूर्ण टीममा नकारात्मक असर पारेको छ,’ चिनियाँ फुटबल प्रशासक निकायले भनेको छ । उक्त छ जना खेलाडीहरु यस वर्ष जुन १ देखि नोभेम्बर ३० सम्म सीएफएले आयोजना गरेको सबै खेलमा प्रतिबन्ध लगाउने सिएफएले जनाएको छ ।

सीएफएले उक्त छ जना खेलाडीहरुलाई चीनको कुनै पनि तहको राष्ट्रिय टिममा सम्मिलित हुन अनुमति नदिइने जनाएको छ । र उनीहरुलाई सम्बन्धित क्लबबाट पनि थप सजाय हुनेछ ।

छ जना खेलाडीमध्ये लिउ झुरुन, पेङ हाओ, रेन लिहाओ संघाई एसआईपीजीका युवा खेलाडी हुन् भने ताओ किअङलो, डालियन प्रो, हान डोङ हेनान जियाने र हे लोङघाई शोनना बेलमारेका खेलाडी हुन् ।

‘उनीहरू सबैले परिस्थितिको गम्भीरता महसुस गरेका छन् । यो टोलीको लागि क्षति हो, र पक्कै पनि यसले खेलाडीहरू आफैँमा ठूलो असर पार्नेछ,’ टोलीका प्रमुख प्रशिक्षक चेङ याओडोङले भने, ‘उनीहरुको शिक्षाको उत्तरदायित्व यू१९ राष्ट्रिय टोली र उनीहरूको क्लबहरूमा छ ।’

सीएफएका अध्यक्ष चेन जुयुआनका अनुसार यू १९ राष्ट्रिय टिमले आगामी सिजन चीनको तेस्रो श्रेणीको व्यावसयिक लिग फुटबलमा भाग लिनेछ । जसको उद्देश्य युवा प्रतिभाका लागि उच्च स्तरको प्रतिस्पर्धा प्रदान गर्ने र सन् २०२४ पेरिस ओलम्पिकका लागि अहिल्यै देखि तयारी शुरु गर्नु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment