+
+
Shares

विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई अलग क्वारेन्टाइन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते २०:०६

२५ जेठ, काठमाडौं । विदेशमा समस्या परेर फर्काइने नागरिकमध्ये गर्भवती तथा सुत्केरीका लागि अलग क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गर्भवती तथा सुत्केरी महिलाको संवेदनशीलता बुझेर अलग क्वारेन्टाइन व्यवस्था गरिने बताए ।

मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि क्वारेन्टाईन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको पनि बताए । आइतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको बताए ।

बैठकमा विज्ञहरु चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाइरसको महामारीबाट जोगाउन महिलाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?