Comments Add Comment

बजेटमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिँदै

२६ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम छ । जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारित हुने छ ।

विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा सांसदहरुले पेश गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment