Comments Add Comment

चौथो श्रेणीको सारब्रुकेनको रोमाञ्चक यात्रा, जर्मन कप सेमिफाइनलमा लेभरकुजनविरुद्ध खेल्दै

९४ दिनको विश्रामपछि खेल्दै

२६ जेठ काठमाडौं । जर्मन फुटबलको चौथो श्रेणीको क्लब सारब्रुकेनको लागि यो सिजन उत्साहजक रह्यो । जर्मन कपको सेमिफाइनलसम्म रोमाञ्चक यात्रा तय गरेको सारब्रुकेनको लागि अहिले विश्वभर फेलिउको महामारीले भने चुनौती थपिएको छ ।

९४ दिनको विश्रामपछि यही क्लबले जर्मन कपको सेमिफाइनलमा शीर्ष डिभिजन बुण्डेसलिगा क्लब बायर लेभरकुजनसँग खेल्दैछ ।

शीर्ष तीन डिभिजनभन्दा बाहिरबाट जर्मन क्पको सेमिफाइनल पुग्ने सारब्रुकेन पहिलो क्बल हो ।

महामारीपछि सुरक्षित उपाय अनपाउँदै बुणडेसलिगा मे १६ मा फेरि सुरु भएको थियो । तर सारब्रुकेन खेल्ने चौथो डिभिजनको रिजनालिगा सुडवेस्टमा भने अन्त्य भयो ।

अंकतालिकामा ६ अंकको अग्रता रहेकोले सारब्रुकेनलाई च्याम्पियन घोषित गरियो बढुवा हुँदै लिगा ३ मा प्रवेश गरेको छ ।

उता सारब्रुकेनको प्रतिद्वन्दी लेभरकुजन भने अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा पुग्ने तयारीमा छ । लेभरकुजनले शनिवार लिग लिडर बायर्न म्युनिखसँग ४-२ को हार बेहोरेको थियो ।

सारब्रुकेन भने यो समय क्वारेन्टिनमा थियो र मैत्रीपूर्ण खेल समेत खेल्न पाएको छैन ।

जर्मन कपमा सारब्रकेनका लागि चार गोलमा सहयोग गरेका किएन्ज फ्रोसले खेलअघिसम्म म्याच फिट हुन्छ कि हादैन भन्न नसकिने बताए । जब हामी खेल खेल्छौँ त्यसपछि नै हामीले थाहा पाउनेछौँ । क्यानडियन अन्तर्राष्ट्रिय खेलाडीले बीबीसी स्पोर्ट्ससँग भनेका छन् । हामीले एकअर्कासँग मात्र ट्रेनिङमा खेलेका थियौँ ।

सेमिफाइनलसम्म पुग्दा सारब्रुकेनले चार खेल खेल्यो । जसमा दुई खेल अन्तिम समयमा गोल गर्दै ३-२ ले जितेको थियो भने दुई खेल पेनाल्टी सुटआउटमा जितको थियो ।

फ्रोसले अहिलेसम्म चार ठूलो सेलेब्रसन भएको भन्दै हरेक जित अपेक्षा गरेभन्दा फरक रहेको बताए ।

चौथो श्रेणीको क्लब भएर पनि शीर्ष श्रेणी र दोस्रो श्रेणीको दुई-दुई क्लबलाई जित्नु साँच्चीकै अनौठो थियो ।

हरेक खेल जित्दा छुट्टै अनुभव भएको फ्रोएसले सुनाए । सारब्रुकेनले दोस्रो चरणमा बुण्डेसलिगा क्लब एफसी कोल्न र क्वाटरफाइनलमा अर्को बुण्डेसलिगा क्लब फर्चुना डुसेलडोर्फलाई पराजित गरेको थो ।

सेमिफाइनलसम्म पुग्दा सारब्रुकेनका गोलकिपर ड्यानिए बाट्जले ६ पेनाल्टी रोकिसकेका छन् ।

फ्रोएसले लेभरकुजनविरुद्धको खेल सबैको करियरको अहिलेसम्मकै ठूलो गेम हुने बताएका छन् ।

सन् १९०३ मा स्थापना भएको सारब्रुकेनले अहिलेसम्म ठूलो उपाधि जित्न सकेको छैन । सन् १९४३ र १९५२ मा जर्मन फुटबल च्याम्पियनसिपमा उपविजेता सम्म बनेको थियो ।

सारब्रुकेनले जर्मन शीर्ष डिभिजन बुण्डेसलिगामा पाँच सिजन बिताएको थियो । पछिल्लो पटक सन् १९९२-९३ मा बुण्डेसलिगा खलेको सारब्रुकेन अन्तिममा रहँदै रेलिगेसनमा परेको थियो ।

सारब्रुकेनले सेमिफाइनलमा लेभरकुजनलाई हराउन सके जुलाई ४ मा बर्लिनको ओलम्पिक स्टेडियममा बायर्न म्युनिख र एनट्राट फ्राङ्कफुर्टबीच हुने अर्को सेमिफाइनलको विजेतासंग फाइनल खेल्नेछ ।

त्यसो हुन सके सारब्रुकेन युरोपा लिगमा सिधै छनोट हुनेछ ।

जे भए पनि सारब्रुकेनले यो पछिल्लो च्याप्टरलाई कहिल्यै भुल्नेछैन । फ्रोएसले पूरा टिम नै इतहासको साक्षी हुन पाउँनु अनौठो भएको बताएका छन् ।

सारब्रुकेन यसअघि १९५७ १९५८ र १९८५ मा पनि जर्मन कपको सेमिफाइनल पुगेको थियो तर अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment