+
+
Shares

दैलेखका ४ जना कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते २०:५३
दैलेखको दुल्लुको तस्वीर

२६ जेठ, सुर्खेत । दैलेखका चार जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । दुल्लु नगरपालिकामा रहेको कोरोना विशेष अस्पतालबाट दुल्लु नगरपालिका–११ का २३ र ३० वर्षीया दुई जना महिला महिला डिस्चार्ज भएका हुन् ।

सोही ठाउँका दुई वर्षकी एक जना बालक र दैलेख अस्पतालबाट ढुङ्गेश्वर गाउँपालिका –१ का २३ वर्षकी एक जना महिलालाई सोमबार स्चिार्ज गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ११ पुगेको छ । जेठ २३ गते प्रदेश अस्पतालमा निर्माण गरिएको ‘कोरोना विशेष अस्पताल’बाट ७ जनालाई डिस्चार्ज गरिएको थियो । जसमा सुर्खेतका ६ जना र १ जना दैलेखका रहेका थिए ।

कुन जिल्लाका संक्रमित कति ?

कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५१ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ३६३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसपछि सल्यानमा १२४, सुर्खेतमा ९२, कालीकोटमा २८, जुम्लामा २२, जाजरकोटमा ५, मुगुमा २, डोल्पा र हुम्लामा एक÷एकजनामा संक्रमित छन । प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?