Comments Add Comment

लेभरकुजन जर्मन कपको फाइनलमा, सारब्रुकेनको रोमाञ्चक यात्रा अन्त्य

२८ जेठ, काठमाडौं । बुण्डेसलिगा क्लब बाभर लेभरकुजन जर्मन कप (डिएफबी पोकल) को फाइनलमा प्रवेश गरेको छ । चौथो श्रेणीको क्लब सारब्रुकेनलाई ३-० ले पराजित गर्दै लेभरकुजनले फाइनलमा स्थान पक्का गरेको हो ।

यस सिजन जर्मन कपमा सारब्रुकेनले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । तर कोरोनाभाइरस महामारीले गर्दा ९४ दिनपछि मैदान उत्रिएको सारब्रुकेनले सेमिफाइनलमा त्यो यात्रालाई कायम राख्न सकेन ।

सारब्रुकेनको घरेलु मैदानमा भएको खेलमा लेभरकुजनले सहज जित हात पार्ने क्रममा डियाबी लुकास एलारियो र करिम बेलारबीले एक-एक गोल गरे ।

खेलको ११औं मिनेटमा माउसा डियाबीले गोल गर्दै लेभरकुसनलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा लुकास एलारियोले गोल गर्दै लेरकुसनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा लेभरकनले एक गोल थप्यो । ५८औं मिनेटम बेलारबीले लेभरकुसनका लागि तेस्रो गोल गरे । बेलारवी दोस्रो हाफको शुरुमै फ्लोरियन विट्जको स्थानमा मैदान छिरेका थिए ।

सारब्रुकेनले सेमिफाइनलसमम पुग्दा बुण्डेसलिगाको दुई क्लब एफसी कोल्न र फर्चुना डुसेलडोर्फलाई हराएको थियो । यस्तै दोस्रो श्रेणीको पनि दुई क्लबलाई पराजित गरेका थिए ।

अब लेभरकुसनले उपाधिका लागि बायर्न म्युनिख र एनट्राट फ्राङ्कफुर्टको विजेतासँग ४ जुलाईमा बर्लिनको ओलम्पिक स्टेडियममा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment