Comments Add Comment

टी-२० विश्वकपको निर्णय अर्को महिना हुने

२९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसै वर्ष हुने पुरुष टी-२० विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ । यस्तै अर्को वर्ष हुने महिला ओडिआई विश्वकपको निर्णय पनि त्यही समयमा हुने छ । आईसीसीको कार्यकारी अधिकृतको बुधबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वभर अहिले कोरोना महामारीको त्रास रहेकोले अष्ट्रेलियामा हुने पुरुष टी-२० विश्वकपको अन्योलतबारे ठोस निर्णय अर्को महिना गरिने भएको हो ।

पुरुष टी-२० यसै वर्ष अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने तय थियो । तर कोरोना महामारीले गर्दा विश्वकप हुने नहुने अन्योल छ ।

भिडियो च्याटबाट बुधबार बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण विषयबारेको निर्णय अर्को महिनाको बैठकबाट तय गर्ने निर्णय गरेको हो ।

आईसीसीले कोरोनाले गर्दा उत्पन्न समस्याबीच विश्वकप आयोजनामा लागि योजनाहरु बनाइरहेको जनाएको छ । विश्वकपमा संग्लग्न सबैको स्वास्थ्य र सुरक्षाका लागि सरोकारवाला र सरकारसँग छलफल गरिरहेको पनि आईसीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment