Comments Add Comment

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

फाइल तस्वीर

२९ जेठ, काठमाडौं । रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरीयाका ४० वर्षीय रामदेव यादव रहेका छन् ।

खेत जोत्ने क्रममा लु ४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment