Comments Add Comment

मुख्यमन्त्री पोखरेलको गुनासो : गरीखाने वर्ग सरकारको आदेश मानिरहेको छ, बचत भएकालाई लकडाउन चाहिएन !

२९ जेठ, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरीखाने वर्गले अझै सरकारको आदेश मानिरहेको तर बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनु परेको विश्लेषण गरेका छन् ।

सडकमा भइरहेका प्रदर्शनले कोरोना संक्रमण नियन्त्रण र उपचारको कामलाई प्रभावित पार्न सक्ने भन्दै पोखरेलले सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्दा स्थिति बिग्रन सक्ने चेतावनी समेत दिएका छन् ।

सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले एकैपटक विदेशबाट सबैलाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने असन्तुलित विचारले गम्भीर दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन् ।

पोखरेलले भनेका छन्– हाम्रो देशको भन्दा राम्रो क्षमता भएका मुुलुकको अवस्था हाम्रोभन्दा अझै खराब छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति पविर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्था भन्दा राम्रो हुने सुनिश्चिता हुनुपर्छ । तर, अहिले नै त्यस्ते अवस्था आइसकेको छ जस्तो लाग्दैन ।’

पोखरेलले सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्न प्रोत्साहन गर्ने हो भने स्थिति बिग्रिन सक्ने भन्दै चीनजस्ता मुलुकबाट शिक्षा लिदै राज्य प्रभावकारी हुनुपर्ने बताएका छन् ।

तर, अगुवाहरु नै राज्यको निर्देशन अवज्ञा गरौं भन्दै जुलुकको नेतृत्वकर्ता भएपछि राज्य प्रभावकारी हुन नसक्ने पोखरेलको दाबी छ । उनले कसलाई ‘अगुवा’ भनेका हुन्, प्रष्ट छैन ।

प्रदेश नम्बर २ र ५ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै पोखरेलले लकडाउन जारी भएपछि केन्द्र सरकारको मार्ग दर्शनमा प्रदेश र स्थानीय सरकारले मिलेर करिब २ लाख बाहिरबाट आउनेको सुरक्षित व्यवस्थापन गरेको बताएका छन् ।

उनले अहिले पनि डेढ लाखालाई क्वारेन्टाइनमा राखेर समुदायलाई संक्रमणबाट जोगाउने प्रयास भइरहेको पोखरेलको भनाइ छ ।

पोखरेलले भनेका छन्– अहिले हामी जहाँ आइपुगेका छौं, हिजोको तुलनामा धेरै प्रगति भएको छ । आवश्यकता जे छ त्यस हिसाबले अझै धेरै गर्न बाँकी छ । लकडाउनबाट हामीले धेरैनै उपलब्धी र काम गर्ने अवसर पायौं । अहिलेको तयारी त्यसकै परिणाम हो ।

मुख्यमन्त्री पोखरेलले भाइरसको उपचार गर्नका लागि आवश्यक स्वास्थ्य सामाग्री किन्ने बजेट प्रदेश र स्थानीय सरकारहरुसँग रहे पनि खरिद बिरोध सुरु हुने भएकाले किन्न आँट कसैले नगरेको बताएका छन् । समाजमा विरोधको प्रवृत्ति हावी भएका कारण प्रशासनयन्त्र निरुत्साहित भएको उनको टिप्पणी छ ।

पोखरेलले भनेका छन्–अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रुपमा सामाग्री पाउने कोशिस गर्दैछन् । पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न आँट प्रशासनले गरिरहेको छैन । आँट गरोस पनि कसरी ? सञ्चार माध्यममा आशंका र बिरोधको बाढी छ

पोखरेलले भाइरसका विरुद्ध प्रयोग हुने सामाग्रीको मूल्य टुंगो नभएको र बजारमा अभाव हुँदा महँगिने र अलिकति समंक्रमण नियन्त्रणमा आउने अवस्था देखिँदा मूल्य घट्ने गरेको बताएका छन् । हिजो सस्तोमा सामान दिन्छौं भन्नेहरु आज वेपत्ता भएको भन्दै पोखरेलले तल सामाग्रीको अभाव हुँदा काठमाडौं भने मूल्यको बहसमा अल्झिेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment