Comments Add Comment

सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी पुलिसको ड्युटीमा

२९ जेठ काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जित्दै देशको लागि झण्डा फहराउन सफल कराते खेलाडी मण्डेकाजी श्रेष्ठ अब नेपाल प्रहरी बनेर कोरोना भाइरस रोकथाम र लकडाउन कार्यान्वयनमा  खटिएका छन्  ।

नेपाल प्रहरीमा आवद्ध उनी अहिले महामारीका बेला खेलकुद गतिविधि नभएका बेला नियमित ड्युटीमा खटिएका हुन् । करातेका मन्डेसंगै सागमा स्वर्ण जितेकी उसु खेलाडी जुनी राई पनि बिहीबारदेखि ड्युटीमा खटिएकी  छिन् ।

मंसिरमा नेपालमै भएको १३ औं सागमा मन्डेकाजीले करातेमा एकल काता र टिम कातामा स्वर्ण जितेका थिए ।

यस्तै जुनिले उसुमा महिला ५६ केजीमा स्वर्ण जितेकी थिइन् ।

कोरोना महामारीका कारण लकडाउन हुँदा मन्डेकाजीले यसअघि व्यक्तिगत र सामूहिक पहलमा विपदमा परेकाहरुलाई खानेकुरा देखि विभिन्न सहयोग गरेका थिए ।

प्रहरीको बर्दीमा देशको सेवा गर्न पाउँदा खुशी लागेको मन्डेले बताए । ‘मलाई एकदमै खुशी लागेको छ । कहिले समाजसेवा कहिले पुलिसको ड्युटी । जनताको सेवा गर्न पाउँदा मनै आनन्द हुन्छ’ नेपाल प्रहरीका हवल्दार मन्डेले भने ।

मन्डेसंगै ड्युटी सुरु गरेकी जुनी राई असई हुन् ।’

मन्डेले कठिन अवस्थामा ड्युटिमा खटिँदा चुनौती संगै सन्तुष्टिसमेत मिल्ने बताए । ‘जसरी हुन्छ जनताको सेवा नै ठूलो कुरा हो कहिले राहत दिएर र कहिले यसरी ड्युटी गरेर आनन्द लाग्छ’ उनले भने ।

मन्डेले बिहीबार सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै सेवा नै धर्म भएको यस्तो अवस्थामा जनताको साथमा हुँदा आनन्द लाग्ने लेखेका छन् ।

‘ड्युटी टाइम । सेवा नै धर्म । देशको छोरा । विषम परिस्थितिमा सेवा गर्नु पाउँदा आनन्द लाग्छ । सधैं जनताको साथमा छु । पहिले प्रहरी । अनि खेलाडी’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment