+
+
Shares

नगरप्रमुख मलासीमा श्ववासप्रश्वासको समस्या, उपचारका लागि काठमाडौं लगियो

रासस रासस
२०७७ जेठ ३० गते १३:३७

३० जेठ, डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको श्ववासप्रश्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लगिएको छ ।

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन। उनलाई एक हप्ताअघिदेखि श्ववासप्रश्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई शुक्रबार बिहान काठमाडौं लगिएको बताइएको छ ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौं लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए । उनले भने, ‘क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उनलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं लगिएको हो ।’

नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएका उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?