Comments Add Comment

दाङमा त्रिशुल प्रहार गरी एक जनाको हत्या

३० जेठ, काठमाडौं । दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ । बबई गाउँपालिका–३ गुन्द्री बजार बस्ने ४६ वर्षीय नारायण डाँगीको त्रिशुल प्रहारबाट हत्या भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

डीएसपी सिंहका अनुसार सोही गाउँपालिका–३ धनुवास बस्ने २४ वर्षीय बालीराम ओलीले नजिकै रहेको दुर्गामाताको मन्दिरमा रहेको त्रिशुल झिकेर डाँगीलाई प्रहार गरेका थिए । त्रिशुल प्रहारबाट गम्भीर घाइते भएका ओलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको डीएसपी सिंहले बताए ।

‘त्रिशुल प्रहार गर्ने ओली हिजोसम्म हंसपुरस्थित जनता मावि क्वारेन्टिनमा भान्सेको काम गर्दै आइरहेका थिए,’ डीएसपी सिंहले भने, ‘जाँडरक्सी खाएर होहल्ला गर्ने गरेका कारण उनलाई हिजो मात्रै क्वारेन्टिनबाट घर पठाइएको थियो । तर आज बिहान उनले चिनजानकै मान्छेमाथि त्रिशुल प्रहार गरेका छन् ।’

डीएसपी सिंहका अनुसार डाँगीमाथि त्रिशुल प्रहार गरेपछि उनी भागेका थिए । स्थानीयबासिन्दाको सहयोगमा प्रहरीले नजिकैको जंगलबाट उनलाई नियन्त्रणमा लिएको सिंहले बताए ।

त्रिशुल प्रहार गरेपछि भागेका ओली नचिनेको मानिसको घरभित्र पसेर धारिलो हतियार निकाली आफैंलाई प्रहार गरेका थिए । सो क्रममा उनको गुप्तांगमा समेत चोट लागेको डीएसपी सिंहले बताए । गुप्तांगमा चोट लागेर घाइते भएका उनलाई तुलसीपु स्थित प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको उनले बताए ।

ओली घाइते अवस्थामा रहेका कारण डाँगीमाथि उनले किन त्रिशुल प्रहार गरे भन्नेबारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment