+
+

बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, पर्सामा थपिए ५ जना संक्रमित

सुरेश बिडारी सुरेश बिडारी
२०७७ जेठ ३१ गते ७:२०

३१ जेठ, वीरगञ्ज । पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले अनलाइनखबरलाई बतायो ।

शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

३ वर्षीय बालकलाई पनि कोरोना

शुक्रबार नै गरिएको परीक्षणमा पेड होटल क्वारेन्टिइनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । १९ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज–५ कुम्हालटोल घर भएका १९ वर्षीय पुरुष भारतको आन्ध्र प्रदेश तिरुपति बालाजीबाट आएर होटल क्वारेन्टिनमा बसेका थिए । कुम्हालटोलकै ३४ वर्षीय अर्को पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई राति नै नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आईसोलेसनमा राखिएको संयोजक डा. उदय सिंहले जानकारी दिए ।

त्यसैगरी सखुवाप्रसौनी गाउँपालिकाका तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सखुवा प्रसौनी–२ गुलरिया बस्ने ३० वर्षीया महिला, ३ वर्ष र १५ वर्षको बालकमा कोरोना पुष्टि भएको छ । ३ वर्षीय बालकलाई ज्वरो आएपछि देवरवाना क्वारेन्टिनबाट उनीहरुलाई वीरगञ्ज रिफर गरिएको थियो । शंकास्पद संक्रमितको रुपमा उनीहरुलाई गण्डक अस्पतालमै राखिएको थियो ।

पर्सा जिल्लामा यसअघि नै ५ जना भारतीयसहित १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना महिलासहित ३९ जना नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचाररत थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?