+
+

सरकारविरुद्ध फूल बोकेर प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ जेठ ३१ गते १०:३९

३१ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

उनीहरुले अघिल्ला दिनको प्रदर्शनमा जस्तै क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन् । उनीहरुले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् ।

प्रदर्शन शान्तिपूर्ण छ । सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?