+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लेखा तथा कर नीतिसम्बन्धि तालिम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते ११:४६

३२ जेठ, काठमाडौं । सनराईज बैंक तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा आधारभुत लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न भएको छ।
अनलाईन वेभनार मार्फत सोमबार उक्त तालिम सम्पन्न भएको हो।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले २०७७/७८ आर्थिक वर्षको लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले बताए।

शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले स्पष्ट पारे।

कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनार मार्फत जोडिएका धेरै सदस्यहरुले उठाएका लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारे।

साथै यस सम्बन्धि कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखि सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वित बनाइने बैकले जनाएको छ।

सनराईज बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिदै आएकोमा यसपालि भने डिजिटल माध्यम बाट उक्त कार्यक्रम संचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?