Comments Add Comment

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

३२ जेठ, काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् ।

नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न थालेको छ ।

त्यस्तै विदेश जानका लागि भिसा वा  निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना सं‌कलन गर्ने डा. गौतमले बताए । काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment