Comments Add Comment

एन्फाविरुद्ध चार जिल्ला अध्यक्षले दिए अख्तियार र लेखा समितिमा उजुरी

३२ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आर्थिक अनियमितता भएको भन्दै चार जिल्लाको फुटबल  संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् ।

काठमाडौं,  भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले संयुक्त रुपमा आइतबार यी दुई निकायमा उजुरी दिएका हुन् । चार जिल्ला फुटबल संघका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एन्फाविरुद्ध उजुरी दिएको जनाएका छन् ।

यसअघि २०७५ पुस २२ गते पनि आर्थिक अनियमितताविरुद्ध कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता गरेको र अख्तियारले  खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्मा समिति बनाई छानबिन सुरु गरेको थियो । तर गुपचुप तरिकाले दोषीलाई संरक्षण गरी अख्तियारका प्रतिवेदन बुझाएको उनीहरुको आरोप छ ।

त्यसपछि अख्तियारको प्रतिवेदनको आधारमा खेलकुद मन्त्रालयले २०७६ साउन २८ गते एन्फालाई निर्णय कार्यान्वयन गराउन निर्देशन दिएको तर हालसम्म एन्फाले निर्देशन पालना नगरेको उनीहरुको आरोप छ ।

चार जिल्ला अध्यक्षले अवैधानिक र आर्थिक अनियमितताका विरुद्ध आवाजलाई थप सशक्त बनाउने पनि जनाएको छ ।

यस्तै पछिल्लो समयम एन्फा नेतृत्वका कारण धरासायी हुँदै गरेको पनि उनीहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment