Comments Add Comment

अचानक मोटोपन बढ्यो ?

मोटोपन अहिले धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । यद्यपि मोटोपन क्रमिक रुपमा बिस्तारै बढ्छ, जुन हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित छ । जबकि अचानक पनि मोटोपन बढ्न सक्छ ।

मानौं, तपाईंको खानपानमा खास परिवर्तन छैन । जीवनशैली उस्तै छ । जंकफुड वा तारेको, भुटेको खानेकुरा पनि त्यति खानु भएको छैन । दिनभर सुत्ने काम पनि गर्नुभएको छैन । तर अचानक मोटोपन बढ्यो, किन ?

यसरी मोटोपन बढ्नुमा भौतिक वा शारीरिक कारण मात्र नहुन सक्छ । भावनात्मक कारणले पनि मोटोपन बढ्न सक्छ ।

जहिले पनि धेरै खानेकुरा खाएकाले मोटोपन बढ्छ भन्ने छैन । ऐश-आरामपूर्ण जीवनको कारण मात्र पनि मोटोपन बढ्छ भन्ने छैन । कुनैबेला यावत कारणविना नै मोटोपन बढ्न सक्छ । खासगरी यसमा हाम्रो भावनात्मक स्वस्थ्य जोडिएको हुन्छ । हामीमा पैदा हुने भावनात्मक स्थितिको सोझो असर शरीरमा पनि पर्छ। त्यसैले स्वस्थ्यका लागि शरीर मात्र होइन भावनात्मक स्थिति पनि ठिक हुनुपर्छ।

मोटोपन नियन्त्रणका दश प्राकृतिक तरिका

मोटोपन कसरी घटाउने ? धेरैले आफ्नो खानपानमा कटौती गर्छन् । कति कडा शारीरिक श्रम गर्छन् । व्यायाम गर्छन्, जीम धाउँछन् । यद्यपि सन्तुलित जीवन अपनाएर प्राकृतिक रुपमा पनि मोटोपन घटाउन सकिन्छ ।

–स्वस्थ्य खानपान पहिलो सूत्र हो । दिनभर थोरैथोरै खाना खाने । एकसाथ धेरै खानेकुरा सेवन गर्दा पनि मोटोपन बढ्छ।

–बिहान चाँडै उठ्ने । उठेपछि कागती र मह मिसाएको पानी पिउने । यदि तपाईंलाई कोलेस्ट्रल कम गर्नु छ भने तातो पानीमा दालचिनी पनि मिसाउन सक्नुहुन्छ । मधुमेह नियन्त्रण गर्ने हो भने मेथी दाना भिजाएर राख्ने र त्यसैको पानी सेवन गर्ने । साथसाथै यी पेयले मोटोपन घटाउन पनि सहयोग गर्छ ।

–अंकुरित गेडागुडी, दूध, अन्डा, ड्राइ फ्रुट्स आदिलाई बिहानको नास्तामा सामेल गर्न सकिन्छ ।

–बिहान नास्ता खाइसकेपछि जब भोक लाग्छ, खाना खानुभन्दा अघि थोरै फलफूल सेवन गर्नु उचित हुन्छ । यसले तपाईंलाई भिटामिनका साथसाथै मिनरल्स पनि प्रदान गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । फलफूलको सेवन कम क्यालोरीमै भरपुर पोषण पनि मिल्छ ।

–खानामा दाल, सलादलाई प्राथमिकता दिनुपर्छ । मौसम अनुकूल सलादलाई हरेक छाकमा सामेल गर्नु उचित हुन्छ ।

–साँझको खाना हल्का र सुपाच्य हुनु जरुरी छ । सकेसम्म झोलयुक्त खानेकुरा, सागसब्जीको रस, फलफूल सेवन गर्नु उचित हुन्छ ।

–साँझको खाना खानसाथ सुत्ने वा आराम गर्ने, टिभी हेर्ने, मोबाइल चलाउने जस्ता गतिविधि त्याग्नुपर्छ । साँझ खाना खाएर हल्का हिँडडुल गर्नु उचित हुन्छ ।

–पर्याप्त निद्रा जरुरी हुन्छ । नियमित ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा लिनुपर्छ।

–दिनभर एकै स्थानमा बसिरहने नगरौं । केही न केही सानोतिनो काम गर्ने वा शारीरिक श्रम गर्ने गरौं । आफ्नो काम सकेसम्म आफैँले गरौं ।

–बगैंचाको काम, खेतीको काम वा कुनै पनि किसिमको शारीरिक काम गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment