Comments Add Comment

टि-२० विश्वकप यस वर्ष ‘अव्यवहारिक’

२ असार काठमाडौं । क्रिकेट अष्ट्रेलियाका अध्यक्ष अर्ल एडिङ्सले विश्वव्यावी कोरोना भाइरस महामारीका बीचमा टि-२० विश्वकप आयोजना अव्यवहारिक हुने बताएका छन् ।

विश्वकप यही वर्षको १८ अक्टोवरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने तालिका छ । अफिसियलहले यसअघि यही मितिमा प्रतियोगिता गर्ने योजना बनाइरहेका छन् । तर पछिल्लो समय कोरोना महामारीले गर्दा विश्वकप क्रिकेट अन्योलमा परेको छ ।

कोरोनाभाइरसले यात्रा प्रतिवन्धका कारण विश्वव्यापी सिमानाहरु बन्द छन् । एडिङ्सले अहिले विश्वकप हुने सम्भावना कम रहेको स्वीकारेका छन् ।

‘यो औपचारिक रूपमा रद्द भइसकेको छैन । स्थगित पनि भएको छैन । अहिले १६ देशलाई अष्ट्रेलेलियामा ल्याउने कोसिस गरिरहेका छौँ । जहाँ धेरै देशहरु अझै पनि कोभिड-१९ को संक्रमणबाट गुज्रिरहेका छन् । मेरो विचारमा यो अवास्तविक छ । वा धेरै धेरै गाह्रो छ,’ एडिङ्सले भने ।

उनले क्रिकेट अष्ट्रेलियाले टि-२० विश्वकपलाई लिएर आइसीसी समक्ष विभिन्न विकल्पहरु पेस गरिरहेको बताएका छन् ।
‘अहिले आइसीसीसंग पनि मिटिङहरु भइरहेको छ,’ उनले भने ।

यस्तै टि-२० विश्वकप प्रमुख कार्यकारी निक होक्कले आईसीसीले टि-२० विश्वकपको भविष्यबारे आगामी महिनासम्मम निर्णय गरिसक्ने अपेक्षा गरेका छन् । उनी मंगलवार मात्रै क्रिकेट अष्ट्रेलियाको अन्तरिम प्रमुख कार्यकारीको रुपमा नियुक्त भएका छन् ।

‘हामीले एक शानदार स्थानीय आयोजक समिति पाएका छौं जो हरेक घटना र निर्णयको लागि तयारीमा व्यस्त छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment