Comments Add Comment

दर्शकले रुचाएनन् भने कसैलै स्थापित गर्न खोजे पनि केही हुँदैनः प्रदीप उदय

नेपाली चलचित्र क्षेत्रमा विगत केही दिनदेखि परिवारवाद र समूहवादको कुरा उठिरहेको छ। चलचित्र क्षेत्रमा यी दुवै कुरा हाबी भएकाले राम्रा कलाकारले अवसर नपाएको भन्दै केही कलाकारले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे । यो विषयमा चलचित्र क्षेत्रमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाइ सार्वजनिक गरिरहेका छन् ।

चलचित्र संघका निवर्तमान अध्यक्ष एवं निर्माता प्रदीप कुमार उदयले परिवारवाद र समूहवाद हाबी छ भन्ने कुरा गलत भएको बताएका छन् । चलचित्र क्षेत्र कोरोनापछि कसरी अगाडि बढ्छ भन्ने अन्यौल भइरहेको समयमा यो विषयमा बहस गर्नुको अर्थ नभएको उदयको भनाइ छ । उनले अहिलेको समयमा अनावश्यक विषयमा बहस गर्नुको अर्थ नभएको जिकिर गरे ।

यो पनि पढ्नुहोस सुशील भन्छन्–‘नेपाली फिल्ममा ‘परिवारवाद’ छैन’

उदय भन्छन्–‘हरेक अभिभावकले आफ्नो आफन्तलाई स्थापित गर्ने प्रयास गर्दछ । यो हरेक क्षेत्रमा हुन्छ । चलचित्र क्षेत्रमा हुनु स्वभाविक पनि हो र यसो गर्नु परिवारवाद होइन । यो अभिभावकको दायित्व हो ।’

यो पनि पढ्नुहोस नेपाली फिल्ममा ‘परिवारवाद’ छैन, नेप्टोजम र चेप्टोजम छः दीपकराज गिरी

उनले समूहगत रुपमा काम गर्ने विषयमा भनेका छन्–‘वास्तवमा चलचित्र त समूहबाट नै निर्माण हुने हो । चलचित्र निर्माण गर्दा सहज भयो, दर्शकले मन पराए भने निर्माता–निर्देशकले पुन: आफ्नो चलचित्रमा लिने हो र लिनु पनि पर्छ । यस्तो अवस्थामा समूहगत भयो भन्नु उपयुक्त हुँदैन । त्यो परिवारवाद हुदैन र भनिँदैन पनि । चलचित्रमा दर्शकले रुचाएनन् भने कसैले स्थापित गर्न खोजे पनि केही हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment