३ असार काठमाडौं । एक सय दिनको कोरोना ब्रेकपछि विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग आदेखि फेरि सुरु हुँदैछ । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा गत मार्च देखि प्रिमियर लिग स्थगित थियो । ३ महिनाभन्दा बढी समयपछि लिग फरक शैलीमा सुरु हुन लागेको हो ।
सबैभन्दा ठूलो फरक भनेको दर्शकविना क्लोज डोरमा अब लिग खेलहरु हुनेछन् । जुन यसअघि नै जर्मन बुण्डेसलिगा र स्पानिस ला लिगामा लागु भइसकेको छ । यस्तै इटालीमा कोपा इटालियाको खेलसमेत त्यसैगरी भएको छ ।
प्रिमियर लिग प्रोजेक्ट रिस्टार्ट अन्तर्गत विभिन्न चरण पार गर्दै लिग फेरि सुरु गर्ने अवस्थासम्म पुगेको हो । जस अन्तर्गत पहिलो दिन २९औं चरणका बाँकी दुई खेल हुनेछ ।
शेफिल्ड युनाइटेड र एस्टल भिल्ला तथा म्यानचेष्टर सिटी र आर्सनलबीच आज खेल हुँदैछ । पहिलो खेल नेपाली समय अनुसार राति पौने ११ बजे शेफिल्ड र एस्टनभिल्लाबीच हुनेछ ।
सिटी र आर्सनलबीचको खेल भने नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । साविक विजेता सिटी शीर्ष स्थानको लिभरपुलभन्दा २५ अंकले पछि छ र उपाधि रक्षा होडबाट लगभग बाहिरिसकको छ । अब लिभरपुल २ खेल जिते मात्र च्यामपियन बन्नेछ । आज सिटी आर्सनलसँग पराजित भए लिभरपुलले एभरटनसंग पहिलो खेल जिते मात्र पनि लिग उपाधि जित्नेछ ।
२९ खेलबाट लिभरपुलको ८२ अंक छ भने उक खेल कम खेलेको सिटीको ५७ अंक छ । आर्सनल भने ४० अंक जोड्को नवौं स्थानमा छ । शीर्ष चारमा पर्दे च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राख्न आर्सनलल सिटीलाई हराउनै पर्ने छ ।
उता रेलिगेसन जोनमा रहेको एस्टन भिलल्लाई घरेलु मैदानमा सुखद पुनरागमन गर्ने अवसर छ । २८ खेलबाट २५ अंकसहित एस्टलभिल्ला पुछारबाट दोस्रो स्थानमा छ । २८ खेलबाट ४३ अंक रहेको शेफिल्ड भने सातौं स्थानमा छ र उसको नजर शीर्ष चारमा छ ।
४० दिनमा ९२ खेल हुने
प्रिमियर लिग २०१९-२० सिजनको अब ९२ खेल बाँकी छ । जसमध्ये प्रिमियर लिगले सुरुआती ३२ खेलको खेल तालिका सार्वजनिक गरेको छ । जुलाई २६ मा सिजन सकाउने लक्ष्य रहेकोले ४० दिनमा ९२ खेल हुनेछ ।
पहिलो खेल अघि कोरोना भाइरसका कारण निधन भएकोहरुको सम्झनामा एक मिनेटको मौनधारण गरिनेछ । यस्तै सुरुको १२ खेलमा खेलाडीहरुले आफ्नो जर्सीमा ब्ल्याक लाइभ्स म्याटर लेखिएको जर्सी लगाउनेछन् । अमेरिकामा हत्या भएको जर्ज फ्लोएडको सम्मानमा यसो गर्न लागिएको हो ।
कोरोना भाइरसको संक्रमण रोक्न खेलहरु क्लोज डोरमा खेलाइनेछ । खेलाडी अफिसियल पत्रकार सुरक्षाकर्मी र आवश्यक व्यक्तिसहित जम्मा ३ सय जना मात्र रंगशालमा प्रवेश गर्नेछन् । प्रत्येक टिमले एउटा खेलमा पाँच जना खेलाडीसम्म परिवर्तन गर्न पाउनेछन् र बेन्चमा ९ जना सब्सिच्युट खेलाडी राख्न पाउनेछन् ।
स्टेडियमलाई रेड,एम्बर र ग्रीन गरी तीन डिभिजनमा छुट्याइनेछ । खेलका क्रममा खेलाडीले मेदानमा थुक्न पाउने छैन । यस्तै हात मिलाइने छैन । ड्रेसिङ रुम वार्म अफ पोष्ट क्याच मैदानमा प्रवेश गर्दा सामाजिक दुरी कायम गर्नुपर्नेछ ।
खेलअघि र पछि सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । खेलाडीले आफ्ने वाटरबोटल प्रयोग गर्नुपर्नेछ । यदि मैदानमा खेलका क्रममा खेलाडीलाई ट्रिटमेन्ट गर्नुपर्ने मैदान प्रवेश गर्ने व्यक्तिले पीपीई लगाउनुपर्नेछ ।
प्रतिक्रिया 4