Comments Add Comment

सुर्खेतमा क्वारेन्टिनको सुरक्षा सामुदायिक प्रहरीले गर्ने

४ असार, सुर्खेत । सुर्खेतका क्वारेन्टिनको सुरक्षा अब सामुदायिक प्रहरीले गर्ने भएका छन् । क्वारेन्टिन सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि ‘क्वारेन्टाइन सुरक्षा समिति’ गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गर्न लागिएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि समुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए ।

उनले जिल्लामा ६ सयको हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टिनको सुरक्षा दिन समस्या भएको भन्दै समुदायिक प्रहरी परिचालन गरेर भए पनि सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

रेग्मीले अहिले कोरोना नियन्त्रण नै पहिलो प्राथमिकता रहेकाले क्वारेन्टाइनलाई सुधार गरिने बताए । उनले अब प्रशासनले क्वारेन्टिनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित गर्ने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment