Comments Add Comment

जर्मन फुटबलर वेर्नर चेल्सीमा अनुबन्धित

४ असार काठमाडौं । इंगलिस क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वेर्नरलाई अनुबन्ध गरेको छ । लण्डनको क्लब चेल्सीले यसअघि जर्मन क्लब आरबी लाइपजिगमा रहेका फरवार्ड वेर्नरलाई ५ वर्षकाा लागि अनुबन्ध गरेको हाे ।

सन् २०१६ मा जर्मनीकै स्टुटगार्डबाट लाइपजिग गएका वेर्नरले यस सिजन सबैखाले प्रतियाेगितामा ३२ गाेल गरेका छन् ।

उनी यो सिजन सकिएपछि जुलाईमा चेल्सी जानेछन् । उनले लाइपजिगका लागि अगष्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल भने खेल्ने छैनन् ।

२४ वर्षका वेर्नरले चेल्सीमा अनुबन्धित हुँदा खुशी लागेकाे बताएका छन् । ‘चेल्सीसँग सम्झौता गर्न पाउँदा खुसी छु । ठूलो क्लबको एक भाग हुन पाउँदा अत्यन्तै गर्वको महसुस गरेको छु,’ वेर्नरले भनेका छन् ।

उनले चार वर्षे शानदार बसाईका लागि लाइपजिग र समर्थकहरुलाई धन्यवाद दिएका छन् । वेर्नरले जर्मन क्लब लाइपजिगका लागि १५७ खेलमा ९३ गोल र ४० गोलका लागि सहयोग गरेका छन् ।

वेर्नर चेल्सीले यस सिजन अनुबन्ध गरेकाे दाेस्राे खेलाडी हुन् । यसअघि फेब्रुअरीले चेल्सीले अयाक्सबाट हाकिम जियाचलाई अनुबन्ध गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment