Comments Add Comment

मोटोपन नियन्त्रण गर्ने सजिलो काइदा

खासगरी अनुशासित जीवनशैली, स्वस्थ खानपानले मोटोपन नियन्त्रणमा सघाउ पुर्‍याउँछ । सुत्ने, उठ्ने, खाने तालिकालाई नियमित गर्नुपर्छ । यसरी अनुशासित र नियमित दिनचर्यामा आफूलाई अभ्यस्त गराएर मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

यदि मोटोपन घटाउने हो भने केही शर्त बनाउनुपर्छ । उक्त शर्त पालना गर्नुपर्छ। धेरै समय पर्दैन, एक महिना यो प्रयोग गरेर हेरौं । एक महिमा पक्कै पनि तपाईंको तौल नियन्त्रण हुनेछ ।

पहिलो शर्त के भने, खानपानको तालिका व्यवस्थित गरौं । तर खानेकुरामा कटौती नगर्नुहोस् । बरु कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गरौं । सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं । धेरै पटक खाँदा थोरै-थोरै खाइन्छ । यसले गर्दा खानेकुरा सजिलै पच्छ । बोसोको रुपमा जम्मा हुँदैन ।

ब्रेकफास्ट नछुटाउनुहोस् । ब्रेकफास्ट लिएपछि ओभर डाइटबाट बचिन्छ । खानपानको तालिका मिलाउन सकिन्छ । खानेकुरामा दाल, भात, तरकारी सबै सामेल गरौं तर चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं । बजारमा पाइने जङ्कफुड, फास्टफुडजस्ता खाना बेवास्ता गरौं । गुलियो खानेकुरा, मिठाईबाट बचौं । सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ, तेलरहित खानेकुरा सेवन गरौं ।

अझ सम्भव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ । यो मोटोपन घटाउने प्रभावकारी उपाय हो । बिहान-बेलुकीको छाकमा उसिनेको तरकारी वा साग सेवन गरौं ।

हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस् । खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस् । सलाद भरपेट खानुहोस् । यसमा काँक्रा, गाजर, मुला, चुकन्दर हुन सक्छ । मुला सर्वोत्तम हुन सक्छ । यससँगै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं ।

पर्याप्त ग्रिन टी सेवन गरौं । दिनभरमा चार वा पाँच गिलास ग्रिन टी पिउनुहोस् । दिनभरि कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ। शरीरमा ठोस खानेकुराभन्दा  पानीको मात्रा बढी हुनुपर्छ।

उठ्ने र सुत्ने तालिका निर्धारण गरौं । सम्भव भएसम्म राति चाँडै सुतौं, आठ वा नौ बजेभित्र । शरीरलाई स्वस्थ राख्न पर्याप्त निन्द्रा लिनुपर्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । बिहान चाँडै उठौं । उठ्नसाथ मनतातो पानी पिउनुहोस् ।

बिहान व्यायाम गर्ने, मर्निङवाक गर्नेजस्ता कुरालाई प्राथमिकतामा राखौं । बिहान कम्तीमा ४५ मिनेट व्यायाम गरौं । योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ । दिनभर एकै ठाउँमा बसिरहने नगरौं । हिँडौं, लिफ्टको ठाउँमा भर्‍याङ उक्लिने गरौं ।

अनुशासित जीवनशैली अपनाउने अभ्यास गरौं । सही समयमा खाने, सही समयमा सुत्ने, सही समयमा व्यायाम गर्ने, सही समयमा शौच क्रिया गर्ने अभ्यास गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment