+
+

चिया, अलैँची र अम्रिसो निर्यातमा भारतको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १३:२४

५ असार, काठमाडौं । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैँची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैँची र अम्रिसो बोकेको ३५ वटा ट्रक बिहीबार पठाएका थियौं, तर भारतीय प्रहरीले पुलमै रोकेका छन् ।’  नेपाली वस्तुहरू बोकेको मालवाहक गाडीलाई प्रवेश नदिन माथिको आदेश भएको जानकारी बंगाल प्रहरीले दिएको पनि उनले बताए ।

भारततर्फको भन्सार कार्यालयसँग समझदरी गरेरै सामान पठाइए पनि प्रहरीबाट अवरोध भएको विभागको भनाइ छ । लकडाउन अवधिमा पनि भारतको पश्चिम बंगाल सरकारले कोरोना फैलिनसक्ने भन्दै नेपालतर्फको आयात खुलाएर निकासीमा प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?