+
+

स्वास्थ्य मन्त्रालयले भन्यो : जोसुकैको कोरोना परीक्षण नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते ११:३८

५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोसुकैको नमुना संकलन र कोरोना संक्रमण परीक्षण नगर्न आग्रह गरेको छ ।

कोरोना परीक्षण को कसको गर्ने भनी निर्देशिकामा तोकिएको भन्दै मन्त्रालयले त्यसभन्दा फरक तरिकाले नमुना संकलन र परीक्षण नगर्न आग्रह गरेको हो ।

निर्देशिकाविपरीत नमुना संकलन गरेको र परीक्षणका लागि दबाब दिने गरेको बुझिन आएको भन्दै मन्त्रालयले यसरी नमुना संकलन गर्दा स्रोत साधनको दुरुपयोग हुने र आवश्यक व्यक्तिको समयमा परीक्षण हुन नसक्ने समस्या देखिने बताएको छ ।

सरकारले विदेशबाट फर्किएका, क्वारेन्टिनमा निश्चित अवधि बसेका, संक्रमितको सम्पर्कमा पुगेका र संक्रमण फैलिएको समुदायका व्यक्तिको कोरोना संक्रमण परीक्षण गर्ने निर्देशिका बनाएको छ ।

त्यसबाहेक अन्य व्यक्तिको कोरोना संक्रमण परीक्षण आवश्यक नभएको बताएको छ । तर पछिल्लो समय पहुँचको भरमा कोरोना संक्रमण परीक्षण गर्ने क्रम देखिएको र त्यसले प्रयोगशालामा नमुना थुप्रिन पुगेको मन्त्रालयको भनाइ छ ।

त्यसैले निर्देशिकामा तोकिएबमोजिमको व्यक्तिहरुको नमुना मात्र संकलन गरी परीक्षण गर्न गराउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ’ प्रवक्ता जागेश्वर गौतमले विज्ञप्तिमा भनेका छन् । निर्देशिका विपरीत आएका नमुना परीक्षण नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?