+
+

कोरोना नियन्त्रणमा ध्यान नदिएको विरोधमा फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते ५:४५

७ असार, काठमाडौं । कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै रुष्ट भएकाहरुले फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतेर विरोध जनाएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको रगत देखाउन प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेर सांकेतिक विरोध गरेका हुन् ।

सामाजिक सन्जालमा शेयर गरिएको एक भिडियोमा पीपीई सेट लगाएका र नलगाएका दुई जना व्यक्तिले पेरिसस्थित स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरिरहेका छन् ।


प्रदर्शनकारीले भनेका छन्– हाम्रा स्वास्थ्यकर्मीहरुले जीवन रक्षाका लागि भन्दै आएका छन् तर हाम्रो सरकार सुन्दैन । अस्पतालमा सुविधा छैन । स्वास्थ्यकर्मीसँग उपकरणहरु छैन ।

हालै फ्रान्स सरकारले स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ता दिने घोषणा गरेको थियो तर स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १ लाख ९६ हजार बढी कोरोना संक्रमित छन् भने कोरोना संक्रमणकै कारण २९ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?