
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडमा सुरु भएको परिवारवादको बहससँगै दर्शकहरूले बलिउडकर्मीका सन्तानलाई समेत निशानामा राख्न थालेका छन् ।
सामाजिक सञ्जालमा ट्रोल हुन थालेपछि केही कलाकारले एकाउन्ड डिएक्टिभेट गर्न थालेका छन् । नायिका सोनाक्षी सिन्हाले आफ्नो ट्विटर एकाउन्ट डिएक्टिवेट गरेकी छन् ।
नकारात्मक कुरा अत्यधिक मात्रामा आउन थालेपछि उनले ट्विटर छाड्ने निर्णय गरेकी हुन् । उनले लेखेकी छिन्–‘बस्तीमा आगो लाग्दैछ, म आफ्नै मस्तीमा छु ।’
उनले नेगेटिभिटीबाट टाढा रहन आवश्यक रहेको बताएकी छिन् । उनले यो कुरा ट्विटरबाहेक अन्य कतै पनि नभएकाले पनि आफूले यो सञ्जाल छाडेको लेखेकी हुन् ।
अहिले बलिउडकर्मीका सन्तानलाई ट्रोल मात्र गरिएको छैन, उनीहरूलाई अनफलो गर्ने क्रम पनि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4