Comments Add Comment

ब्याडमिन्टनको प्रशिक्षण सुरु

७ असार काठमाडौं । नेपाल ब्याडमिन्टन संघले आइतबारदेखि आफ्ना खेलाडीहरुको प्रशिक्षण सुरु गरेको हो । र्‍याङ्किङमा रहेका खेलाडीहरुलाई समटेर प्रशिक्षण सुरु गरिएको छ ।

संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले त्रिपुरेश्वरस्थित कभर्डहल बाहिर पहिलो दिन ट्रयाकमा वार्मअप गरेको जानकारी दिए । ‘कभर्डहलमा सरसफाइ गर्नुपर्ने भएकोले आज वार्मअप मात्र भयो । आज ४ जना खेलाडीहरुको फिजिकल मात्र भयो,’ श्रेष्ठले भने । ‘अब भोलिदेखि बिहान साढे ८ बजेबाट प्रशिक्षण सुरु हुनेछ ।’ श्रेष्ठले अब अरु खेलाडीहरु पनि प्रशिक्षणमा आउने बताए ।

पहिलो दिन युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल, विजित थापा मगर, रशिला महर्जनलगायत प्रशिक्षणका लागि गएका थिए ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा सातौं स्थानमा रहेका प्रिन्सले बुल्स क्लबमा पनि सेल्फ ट्रेनिङ गरिरहेका थिए । नक्खुमा रहेको बुल्स क्लबमा उनले १० दिनदेखि जिम लगायत ट्रेनिङ गरेका थिए ।

खेलाडीहरुलाई कोरियन कोच चोई सेउङ कुकले प्रशिक्षण दिनेछन् । चोइ सेउङ नेपाली खेलाडीलाई प्रशिक्षण दिन तीन महिनाअघि नै नेपाल आएका थिए । तर लकडाउनका कारण उनी त्यत्तिकै बसिरहेका थिए । यद्यपि उनले यो लकडाउनको समयमा नेपाली खेलाडीहरुलाई अनलाइनबाटै प्रशिक्षणो टिप्सहरु दिइरहेका थिए ।

कोरोना भाइर महामारी र लकडाउनका कारण तीन महिनादेखि नेपाली खेलकुद ठप्प रहेको छ । लामो समयपछि प्रशिक्षणमा फर्कन पाउँदा खुशी लागेको प्रिन्सले बताए ।
असार १ गतेदेखि सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै केही खुकुलो बनाएपछि नेपाली खेलकुद पनि अब विस्तारै प्रशिक्षणमा फर्कन थालेका हुन् ।

केही दिनअघि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, अलारउण्डर पारस खड्कालगायत खेलाडीहरु कीर्तिपुरस्थित टीयू मैदान पुगेर प्रशिक्षण गर्न थालिसकेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पनि जुलाई दोस्रो साता देखि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

फिफा विश्वकप छनोट अन्तर्गत आगामी अक्टोबर नोभेम्बरमा नेपालले घरेलु मैदानमै खेल्ने ३ खेललाई मध्यनजर गर्दै उन्फाले प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि सरकार स्वास्थ्य मन्त्रालय खेलकुद मन्त्रालयबाट स्वीकृति लिएर फिफाको र डब्ल्यूएचओको गाइडलाइनअनुसार प्रशिषण गर्ने उन्फाले जनाएको छ ।

यसैगरी १३औं सागको स्वर्ण विजेता कराते खेलाडी नवीन रसाइलीलगायत खेलाडीहरु बालाजु कराँते डोजोमा प्रशिक्षण ध्रुवविक्रम मल्लसँग प्रशिक्षण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment