Comments Add Comment

पाँच पटककी राष्ट्रिय च्याम्पियन पूजा र युवा स्टार प्रिन्सले सुरु गरे प्रशिक्षण

७ असार काठमाडौं । पछिल्लो समय नेपाली ब्याडमिन्टनमा युवा स्टारको छवि बनाएका प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पूजा श्रेष्ठले ब्याडमिन्टन प्रशिक्षण सुरु गरेका छन् ।

कोरोना महामारी र लकडाउनले गर्दा झण्डै तीन महिनादेखि लकडाउनमा रहेको बेला पूजा र प्रिन्सले बुल्स क्लबो इन्डोर हलमा प्रशिक्षण गरेका हुन् । सरकारले लकडाउन खुकुलो बनाएपछि खेलाडीहरुले प्रशिक्षण सुरु गरेको नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार प्रिन्सले शनिबार एकै दिन १३ खेल खेलेका थिए । ‘कोरोना महामारीले गर्दा झण्डै तीन महिना राष्ट्रिय खेलाडीहरु प्रशिक्षणबाट बन्चित रहेको बेला प्रिन्स र पुजा बुल्स क्लबमा ब्याडमिन्टन प्रशिक्षण गर्न थालेका छन् ,’ अर्यालले भने । लामो समयपछि प्रशिक्षण गर्न पाउदा खुशी लागेको पनि प्रिन्सले बताए ।

पूर्वराष्ट्रिय च्याम्पियन पूजा श्रेष्ठले कीर्तिमानी पाँच पटक राष्ट्रिय प्रतियोगिताको उपाधि जितेकी छन् । उनी हाल विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफको प्रतिनिधित्व गर्छिन् ।

अहिले एपीएफको हल बन्द रहेकोले बिहानको समयमा बुल्समा गएर ट्रेनिङ गर्ने गरेको उनले सुनाइन् ।

‘बसुन्धाराको बुल्स हलमा मैले खेल्ने थालेको ३ सात जति भयो । हिजो प्रिन्स पनि आएको थियो। सँगै खेलेका थियौँ,’ पूजाले भनिन्, ‘लकडाउनले गर्दा बीचमा खेल्न नपाउँदा केही गाह्रो भएको थियो । साढे दुई महिना खेल्न नपाउँदा सुरुमा अली गाह्रो भएको थियो । खेल्दै गएपछि विस्तारै आफै फर्ममा आउँछ ।’

एपीएफमा जागिर रहेही पुजा सातामा एक पटक ड्युटीमा अफिस जान्छन् ।

उमेरले चार दशक काटे पनि पूजाले ब्याडमिन्टनलाई निरन्तरता दिइरहेकी छिन् । उमेरले गर्दा सिंगल छाडेर उनी डबल्स र मिक्स डबल्समा खेलिरेका छन् । महिला डबल्स र मिक्स डबल्समा अझै नम्बर वान छन् । ‘खेल्न छाडेँ भने त म बिरामी हुन्छ । खेल छाड्यो भने निन्द्रा लाग्दैन । बच्चादेखि खेलेको भएर होला,’ पूजाले ब्याडमिन्टनप्रतिको लगाव सुनाइन् ।

स्तै युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फ सातौँ वरीयतामा छन् । सुदूरपश्चिमको प्रतिनिधित्त गर्ने प्रिन्स पछिल्लो वरीयतामा पनि सातौं स्थानमै छन् । प्रिन्सले दुईपटक दुबई जुनियर सिरिजको उपाधिसमेत जितिसकेका छन् ।

२०७६ चैत ११ देखि सरु भएको लकडाउन २०७७ जेठ ३२ सम्म पूर्णरुपमा लागु भएको थियो । त्यसपछि भने सरकारले लकडाउन मोडलिटि परिवर्तन गरेको हो ।

लकडाउनअघि नेपाली खेलाडीलाई प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोइ सेउङ कुक नेपाल आएका थिए । तर लकडाउनले गर्दा उनले प्रशिक्षण गराउन पाएनन् ।

नेपाल ब्याडमिन्टन संघले पनि सामाजिक दुरी कायम राख्दै हेल्थ र सेफ्टी प्रोटोकल फलो गरेर र्‍याङकिङमा रहेको खेलाडीको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment