Comments Add Comment

प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित

फाइल तस्वीर

७ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन् ।

यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । ती मध्ये २३४ जना उपचार पछि घर फर्किएका छन ।

सुन्दरहरैचाकी संक्रमित महिला कुवेतबाट आएकी थिइन्

७ असार, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएका मोरङका दुई जना मध्ये एक जना कुवेतबाट आएकी महिला रहेको पाइएको छ । सुन्दरहरैचाको क्वारेन्टिनमा बसेका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

सुन्दरहरैचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् भने पुरुष भारतबाट आएका हुन् ।

संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टिन गोठगाउँ र महिलालाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उनले बताए । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment