Comments Add Comment

सानिमा बैङ्कले सुरु गर्‍यो अपाङ्गतामैत्री वेबसाइट

७ असार, काठमाडौं। सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।

यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्‍याउने प्रयास गरेको छ ।

यो सुविधाप्रयोग गर्नका लागि बैंकको वेभसाइट ? https://www.sanimabank.com/ मा गई दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्य अपाङ्गतामैत्री सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने उद्देश्य रहेको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment