+
+
Shares

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:२४

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि विवादले आइतबार मतदान प्रक्रिया सुरु हुन सकेको थिएन ।

सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय को उम्मेदवारी परेको छ । खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन् ।

प्रतिनिधि विवादलाई यथावत राखेर मतदान प्रक्रिया सुरु भएको प्रदेश तहका एक नेताले जानकारी गराए । पार्टी समयोजनको क्रममा रहेको हुँदा सबैलाई अवसर दिने गरी प्रतिनिधि बनाइएको उनले बताए । करिब ५३० अधिवेशन प्रतिनिधिमा ३०० हारहारी विवादित सदस्य रहेको जानकारी गराइएको छ ।

रास्वपाको कर्णाली समिति ४१ सदस्यीय हुने विधानको व्यवस्था छ । विधान अनुसार सभापति र सदस्यहरुको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीको लागि मतदान हुनेछ ।

प्रदेश समितिको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (फरक फरक लिङ्कको दुइ जना), कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ । कोषाध्यक्ष र वक्ता मनोनित हुने विधानको प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?