+
+
Shares

यस्तो बन्यो रास्वपा लुम्बिनीको प्रदेश समिति

अधिवेशनमा राजनीतिक, वैचारिक विषयमा कुनै बहस र छलफल नभएको, दोस्रो चरणको चुनावसम्म दुई तिहाइभन्दा धेरै प्रतिनिधि लाखापाखा लागेर ८४३ प्रतिनिधिमध्ये २४८ जना मात्र मतदानमा सहभागी भएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ जेठ ३१ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा रुपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् ।
  • दोस्रो चरणको मतदानबाट प्रदेश समितिको उपसभापति पदमा दुर्गा अर्याल निर्वाचित भएकी छन् ।
  • कुल ८४३ प्रतिनिधिमध्ये दोस्रो चरणको निर्वाचनमा २४८ जना मात्र मतदानमा सहभागी भएका थिए ।

३१ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लुम्बिनी प्रदेश समितिको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभापतिमा रुपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

सभापतिमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा घिमिरेले १९९ मत पाएका थिए । सदर मतको ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको चुनाव हुने भनिएको थियो । तर अर्का निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई सभापतिमा स्वीकार गर्दै पछि हटेपछि दोस्रो चरणको चुनाव भएन ।

सभापतिमा अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित घिमिरे प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए ।

दोस्रो चरणमा भएको निर्वाचनबाट उपसभापति पदमा दुर्गा अर्याल निर्वाचित भएकी छन् । उपसभापतिमा अर्यालसँगै कमलप्रसाद पोखरेल, लोकनाथ विक, भक्तबहादुर डाँगीले प्रतिस्पर्धा गरेका थिए ।

अधिवेशनमा ८४३ मतदाता रहेको रास्वपाले बताएको थियो । तर पहिलो चरणको निर्वाचनमा ५४२ मत र दोस्रो चरणको मतदानमा २४८ मत मात्र खसेको थियो । पहिलो चरणको निर्वाचनमा मतदान गरेपछि प्रतिनिधिहरू घर फर्केकाले दोस्रो चरणको मतदानमा न्यून मत खसेको हो । जसमा दुर्गा १०४ मत पाएर निर्वाचित भएकी हुन् ।

प्रदेश महामन्त्रीमा सीएम उपााध्याय निर्विरोध निर्वाचित भएका छन् । दुई सहमहामन्त्रीका लागि ७ जनाले प्रतिस्पर्धा गरेकोमा पुरुषतर्फ विक्रम पौडेल र महिलातर्फ मुना हमाल निर्वाचित भएका छन् । पौडेलले ९० र हमालले १७८ मत पाएर निर्वाचित भए ।

प्रदेश समिति सदस्यहरूमा प्रभा ज्ञवाली, शिलाकमारी के सी, भगवती न्यौपाने ढकाल, निरज गहतराज, कृष्णा विक, भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ, प्रभा चौधरी, नौशिन फातिमा, अर्जुन सापकोटा, निर्मला भट्टराई (निरु), युवराज ढकाल, राजु कार्की, चेतबहादुर बस्नेत, तेजप्रसाद बस्याल, लोकनाथ विक, टेकनाथ गिरी, रविन थापा, गिरिराज भुसाल, उदय भूपाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश सदस्यहरूमा बिहारी चौधरी, गोविन्द चौधरी, सञ्जयप्रसाद गुप्ता, गौतमप्रसाद पाण्डेय, कमलप्रसाद पोखेल, ओमप्रकाश गुप्ता, मायादेवि खनाल, पार्वती ढकाल, विष्णुप्रसाद पौडेल, अभिमन्यु पोख्रेल, हेमकुमार जीसी, विष्णुप्रसाद गौतम, भक्तबहादुर डाँगी, कृष्णबहादुर खत्री र कमलप्रसाद जैसी मतदानबाट निर्वाचित भएका छन् ।

प्रदेश समिति सदस्य ५७ सदस्यीय हुने भए पनि अधिवेशनले ४० जना मात्र निर्वाचित गरेको छ । प्रदेश कोषाध्यक्ष र प्रवक्ता निर्वाचित कार्यसमितिको बैठकले मनोनीत गर्नेछ ।

अधिवेशनमा राजनीतिक, वैचारिक विषयमा कुनै बहस र छलफल नभएको, दोस्रो चरणको चुनावसम्म दुई तिहाइभन्दा धेरै प्रतिनिधि लाखापाखा लागेर ८४३ प्रतिनिधिमध्ये २४८ जना मात्र मतदानमा सहभागी भएका भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए ।

नेकपा एमालेबाट केही महिनाअघि रास्वपा प्रवेश गरेका ती पदाधिकारीले अधिवेशन नेतृत्वमा आउन चाहनेका लागि मात्रै अधिवेशन भएको तर आम प्रतिनिधिका लागि पार्टीको वैचारिक, राजनीतिक बहस छलफल हुने अपेक्षा गरिएकामा केही नहुँदा खल्लो लागेको बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?