Comments Add Comment

बर्नलीको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल

९ असार, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा बर्नली विरुद्ध फराकिलो जित हात पारेको छ । रियाद महारेज र फिल फोडेनले दुई-दुई गोल गरेपछि सिटीले बर्नलीलाई ५-० ले पराजित गरेको हो ।

घरेलु मैदान एतिहात स्टेडियममा भएको खेलमा फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । महारेजले ४३ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

५१ औं मिनेटमा डेविड शिल्भाले सिटीका लागि चौथो गोल गरे । ६३औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको हो ।

जितपछि ३० खेलबाट ६३ अंक जोडेको सिटीले शीर्ष स्थानको लिभरपुलसंग अंकदुरी २० मा झारेको छ । समान खेलबाट ८३ अंकसहित लिभरपुल उपाधि नजिक पुगिसकेको छ । सिटीले तेस्रो स्थानको लेस्टरसंग ९ अंकको अग्रता बनाएको छ ।

बर्नली ३९ अंकसहित ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment