+
+
Shares

मास्क लगाउन किन झञ्झट मानेको ? (फोटो फिचर)

डर भाग्यो संक्रमणको जोखिम जस्ताको त्यस्तै

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असार ९ गते २०:०९

९ असार, काठमाडौं । जतिबेलासम्म नेपालमा कोरोना भाइरसको संक्रमणले व्यापक रुप लिइसकेको थिएन, त्यतिबेलासम्म धेरै यो भाइरसप्रति संवेदनशील देखिन्थे ।

सरकारले तोकेको सामाजिक दुरीको लागि धेरै ठाउँमा पहेँलो र सेता घेराहरू लागे । बाहिर निस्कने जोकोहीको अनुमार मास्कले ढाकेको हुन्थ्यो । अत्यावश्यकबाहेक कोही पनि घरबाहिर निस्कँदैन’थे ।

तर मंगलबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या १० हजार नाघिसक्दाको अवस्था भने पहिलेको भन्दा उल्टो देखिन्छ ।

राजधानी सहर काठमाडौं आसपासमा मान्छेको घुइँचो लाग्छ । सामाजिक दुरी नाममात्रैको भएको छ । मान्छेको अनुहारमा मास्क लगाउनेभन्दा नलगाउनेको संख्या बढी हुन लागिसकेको छ । मास्क लगाउनेले पनि चिउँडोसम्म ढाक्नेगरीमात्रै मास्क लगाउँछन् । यी दृष्यले जोखिम कायमै रहे पनि मान्छेमा कोरोनाको डर कम भइसकेको देखाउँछ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि भाइरसको संक्रमणबाट बच्ने प्रारम्भिक उपाय भनेको सामाजिक दुरी कायम गर्नु र मास्क लगाउनु नै हो । नेपालमा असारको अन्त्यदेखि भदौको पहिलो सातासम्म कोभिड १९ को महामारी उत्कर्षमा पुग्ने जनस्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । यो बेला सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने काम महत्वपूर्ण हुन्छ । तर समयसँगै यस्तो नियमकानुनले मान्छेलाई छुन छाडिसकेको छ । कोरोनाको जोखिम कम भएको छैन । तर लकडाउन खुकुलो भएका कारण बजार तथा पसलहरु खुलेका छन् भने मानिसहरुको चहलपहल बढ्दो छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?