+
+

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री अनिल खत्री
२०७७ असार १० गते ८:१५

१० असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

थपिएका संक्रमितहरुमा मदाने गाउँपालिकामा २२ वर्षका, २२ वर्षका, २६ वर्षका २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गुल्मीदरवार गाउँपालिकामा २३ वर्षका पुरुष रहेको आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २४५ जना पुगेका छन् ।

भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार २०१ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३१४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?