
घाइते सैनिकको स्वास्थ्य जानकारी लिदै एमएम नरभाने ।
१० असार, काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द (एमएम) नरभाने दुईदिने भ्रमणका लागि लद्दाख पुगेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी मंगलबार लद्दाख पुगेर त्यहाँको अवस्था अवलोकन गरेका छन् । मंगलबार उनले पूर्वी लद्दाखमा भारतीय सेनाको गतिविधि अवलोकन गरेका छन् ।
भ्रमणको क्रममा नरभानेले भारत-चीन सीमाक्षेत्रमा जुन १५ मा भएको झडपमा परी घाइते भएका सैनिकहरुसँग अस्पतालमा पुगेर स्वास्थ्यस्थितबारेमा पनि जानकारी लिएका थिए । नरभानेले लद्दाखमा सुरक्षा अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।
झडपपछि भारत-चीन सीमाक्षेत्रमा तनाव बढेको छ । बुधबार पनि नरभानेले पूर्वी लद्दाखको अन्य क्षेत्रको भ्रमण गर्ने कार्यतालिका रहेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4