Comments Add Comment

दर्जनौं पाकिस्तानी कूटनीतिक अधिकारीलाई देशनिकाला गर्ने भारतको निर्णय

१० असार, काठमाडौं । भारतले दर्जनौं पाकिस्तानी कूटनीतिक अधिकारीलाई देशनिकाला गरिने बताएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार राजधानी सहर दिल्लीमा रहेको पाकिस्तानको उच्च आयोग (राजदूतावास)मा कार्यरत आधा कर्मचारीहरु देशनिकाला गर्ने बताएको छ । उनीहरुमाथि जासुसी गरेको र आतंकवादीहरुसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।

भारतले पनि पाकिस्तानको राजधानी सहर इस्लामावादमा रहेको आफ्नो उच्च आयोगमा पनि सोही संख्यामा कर्मचारी कटौती गर्नेछ ।

यस विषयमा पाकिस्तानको भने कुनै प्रतिक्रिया आएको छैन । तीन साताअघि भारतले पाकिस्तानका दुई कर्मचारीहरुलाई देशनिकाला गरेको थियो । यससँगै पाकिस्तान र भारतको बीचको सम्बन्धमा तनाव बढेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय कूटनीतिक कर्मचारीमाथि इस्लामावादमा दुर्व्यवहारको आरोप लगाउँदै भारतले यस्तो कदम चालेको हो । गत साता भारतले पाकिस्तानले आफ्ना कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको थियो । पाकिस्तानले भने उनीहरुले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएको कारण उनीहरुलाई पक्राउ गरिएको बताएको थियो ।

दुवै मुलुकले एकअर्काको मुलुकमा रहेको उच्च आयोगको क्षमता ११ कर्मचारीको राख्ने सहमति गरेका छन् । तर, अहिले यो संख्या ९० को हाराहारीमा छ । अहिले भारतले गरेको निर्णयअनुसार अब दुवै तर्फका ३५ कर्मचारीहरु एक साताभित्र फिर्ता हुनेछन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment