+
+
Shares

म्युजिक भिडियोमा पारिश्रमिक कम गर्न तयार छैनन् कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १२:४७

नेपालमा लकडाउन अगाडि म्युजिक भिडियोको निर्माणमा बाढी नै आएको थियो । म्युजिक भिडियोमा चलेका मोडलहरूले पारिश्रमिक पनि लोभलाग्दो लिन्थे । चलेका मोडलहरुले ५० हजारदेखि एक लाखसम्म पारिश्रमिक सहजै लिइरहेका थिए ।

लकडाउनका कारण म्युजिक भिडियोको निर्माण पनि रोकियो । तर लकडाउन खुकुलो हुँदै गएपछि बिस्तारै सामाजिक दुरी कायम गरेर म्युजिक भिडियोको निर्माण हुन थालेको छ ।

म्युजिक भिडियोको निर्माण सुरु भएसँगै कलाकारहरूले पारिश्रमिकमा निर्मातालाई सहयोग गर्नुपर्ने चर्चा पनि चलेको छ। उसो त यो विषयमा चलचित्र क्षेत्रमा बहस भने भइरहेको छ।

तर लकडाउनका कारण अधिकांश क्षेत्र अस्तव्यस्त भइरहेको समयमा म्युजिक क्षेत्रलाई पनि पुरानै अवस्थामा फर्किन समय लाग्नेछ। यस्तो अवस्थामा के कलाकारहरू पारिश्रमिक घटाएर काम गर्न तयार छन् त ?

प्राप्त जानकारीअनुसार नेपाली म्युजिक भिडियोमा चलेका कलाकारहरू अहिले पारिश्रमिक घटाएर काम गर्न तयार छैनन् । लकडाउनका कारण आफूहरूलाई पनि प्रभाव परेको भन्दै कलाकारले पुरानै रकममा काम गरिरहेका छन् ।

कतिपय कलाकार भने काम गर्न तयार भए पनि पारिश्रमिक कटौतीको कुरा गर्न तयार छैनन् ।

चलचित्रको निर्माण सुरु नभएकाले पनि अहिले नै कलाकारको पारिश्रमिकमा फेरबदल आउँछ या आउँदैन भन्न सकिने अवस्था छैन । तर म्युजिक भिडियोमा भने चलेका कलाकारहरूसँग पुरानै पारिश्रमिकमा निर्माताले काम गर्नुपर्ने देखिएको छ। कतिपय कलाकारले भने अवस्था बुझेर २५ प्रतिशत कम पारिश्रमिकमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?